जुत्ता व्यवसायी  संघ कास्कीको रक्तदान कार्यक्रममा ४३ युनिट रगत सकंलन 

पोखरा ।जुत्ता व्यवसायी  संघ कास्कीले पाचौं पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका ८ का वडा अध्यक्ष रूद्रनाथ बरालले पहिलो रक्तदाता सस्थाका सल्लाहकार राम प्रसाद अधिकारीलाई ब्लड ब्याग हस्तान्त्रण गरी कार्यक्रम उद्घघाटन गरेके थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष बरालले सवैभन्दा ठुलो दान रक्तदान कार्यक्रम आयोजना गरेकोमा संघलाई धन्यवाद दिदै आफ्नो तर्फबाट संघलाई के कस्तो सयोग तथा सल्लाहको आवश्यकता पर्छ परेमा आफ्नो तर्फबाट सयोग गर्ने प्रतिवद्वता प्रकट गरेका गरेका थिए ।
कार्यक्रममा जुत्ता व्यवसायी संघ कास्कीका अध्यक्ष हेमकृष्ण श्रेष्ठले संघले सामाजिक उत्ररदायित्व बहन गर्दे पाँचौ पटक यो रक्तदान कार्यक्रम आयोजना गरेको बताउदै रगत पैसा तिरेर पनि पाँईदैन, पसलमा किन्न पनि पाइँदैन, बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्ने बताउदै यस्तो पुण्य काम गरेकोमा रक्तदाताहरूलाई धन्यवाद दिएका थिए ।
जुत्ता व्यवसायी संघ कास्कीका अध्यक्ष हेमकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक लिलाम्बर सुबेदीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव मुक्ति प्रसाद पनेरुले कार्यक्रम सन्चालन गरेका थिए । कार्यक्रममा रक्त संचार केन्द्र पोखराको टोलिले बिशेष सयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button