सामुदायिक सेवा केन्द्र बगरद्धार खुल्ला रक्तदान कार्यक्रम

पोखरा। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
७५औं प्रजातन्त्र दिवसको अवसरमा संस्थाले गरेको २२ औं खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए ।

वडा प्रहरी कार्यालय बगर कास्की, नेपाल रेडक्रस सोसाइटी उपशाखा–१, पोखरा महानगरपालिका वडा नं.१, २, ३, ४, १६ र १९ को सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका उपाध्यक्ष दुर्गा दत्त भुगाइलाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जनताको स्वास्थ्य र सुरक्षामा सामुदायिक प्रहरी सेवाको योगदान प्रशंसनीय रहेको बताए ।
कार्यक्रम संयोजक चित्रबहादुर थापाले आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्ने सवैलाई आभार व्यक्त गरे ।

कार्यक्रममा माघ १९ गते सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशनबाट अध्यक्ष भिम पराजुलीको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिलाई बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामनाका साथ सम्मान गरिएको थियो भने सामुदायिक बैदाम र कालिका अध्यक्ष तथा प्रितिनिधिलाई समेत सफल कार्यकालको शुभकामना प्रदान गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालीका वडा नं. १ का अध्यक्ष साहारा प्रधान, १९ का अध्यक्ष पुष्पेन्द्र पाण्ड १६ का अध्यक्ष अमृत तमिल्सिना, वडा प्रहरी कार्यालय बगर कास्की प्रमुख प्रहरी निरिक्षक देवराज भट्टराइ, सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका अध्यक्ष भिम पराजुली, संस्थाका सल्लाहकार तथा सामुदायिक सेवा जिल्ला समन्वयका वरिष्ठ उपाध्यक्ष मनपती भण्डारी, निवर्तमान अध्यक्ष राम भूषण पराजुली, नेपाल रेडक्रस सोसाईटी उपशाखा –१ बगरका सभापती जीवन अधिकारी, सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बराल, नेपाल रेडक्रस सोसाईटी रक्त संचार प्राविधिक सुनिता लम्साल, लागुऔषध नियन्त्रण समाज सुधार आमा समूह नेपालकी अध्यक्ष कल्पना आचार्य बास्तोला, विन्ध्यवासिनि हरिचोक टोलविकास संस्थाका अध्यक्ष बलराम भण्डारी लगाएतका बोलेका थिए।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष राम प्रसाद अधिकारीको अध्यक्षता भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा दत्त भुगाईले स्वागत र सचिव कृष्ण तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button