पोखरामा प्रतिभा एजुकेशनले खोल्यो नविनतम् प्रविधिमा आधारित ‘एभरग्रीन एकेडेमी’

  • पोखरा न्यूज
  • २०८१ चैत्र १३
पोखरामा प्रतिभा एजुकेशनले खोल्यो नविनतम् प्रविधिमा आधारित ‘एभरग्रीन एकेडेमी’

पोखरा। पोखराको शैक्षिक प्रतिष्ठान, प्रतिभा एजुकेशन फाउण्डेशनले ‘एभरग्रीन एकेडेमी’ स्थापना गरेको छ। पोखरा तेर्सापट्टिको पूर्वकल्पना सिनेमा हल स्थानमा अत्याधुनिक भबन निर्माण गरी एकेडेमी सञ्चालनमा ल्याइएको हो।

नयाँ शैक्षिक सत्रबाट पठनपाठन  सुरु हुने एकेडेमीमा टोडलरदेखि कक्षा ५ सम्मका लागि छात्रछात्राहरू भर्ना गरिनेछ। आगामी वर्षदेखि कक्षा ६ देखि १० सम्मको विस्तार गर्ने योजना बनाइएको एकेडेमीमा नर्ससहितको हेल्थ डेस्क, साइन्स ल्याब, लाइब्रेरी, लिफ्टसहित अत्याधुनिक सुविधाहरू प्रदान गरिने जानकारी दिइएको छ।

प्रतिभा एजुकेशन फाउण्डेशनका अध्यक्ष नारायणप्रसाद पौडेलले फाउण्डेशनद्वारा सञ्चालन भइरहेको प्रतिभा माविको शैक्षिक सफलता र विद्यार्थीको बौद्धिक विकासलाई ध्यानमा राख्दै प्रतिभा एजुकेसन मातहत नै रहनेगरी एभरग्रीन एकेडेमी स्थापना गरिएको बताएका छन्। पौडेलका अनुसार, एभरग्रीन एकेडेमीको उद्देश्य विद्यार्थीलाई सिर्जनात्मक, व्यावहारिक र आधुनिक शिक्षा प्रदान गर्नु हो। ‘हाम्रो मुख्य उद्देश्य भनेको प्रत्येक विद्यार्थीको वैयक्तिक भिन्नतालाई स्वीकार गरी उनको प्रतिभा र क्षमताको विकास गर्नु हो,’ उनले भने।

एकेडेमीका निर्देशक किरण सापकोटाले समावेशी र विद्यार्थी केन्द्रित शिक्षा पद्धतिमा आधारित शैक्षिक गतिविधिहरू सञ्चालन गरिने बताए। उनले भने, “हामी केवल पाठ्यक्रम र परीक्षामा आधारित शिक्षा मात्र प्रदान गर्ने छैनौँ, बरु विद्यार्थीलाई जीवनका विभिन्न चुनौतीहरूको सामना गर्न सक्षम बनाउने छौँ।”

एकेडेमीले प्रत्येक विद्यार्थीको सिर्जनात्मकता र जिज्ञासालाई प्रोत्साहित गर्दै विश्लेषणात्मक र समस्या समाधान सीपको विकासमा ध्यान दिनेछ। प्रत्येक कक्षामा  २४ जनासम्म विद्यार्थी भर्ना गरिनेछ । अत्याधुनिक साइन्स ल्याब, कम्युटर ल्याब, हाइजेनिक खाजा, एसीसहितको बस सेवा, र प्रत्येक विद्यार्थीका लागि व्यक्तिगत कपडा र किताब राख्ने दराजको व्यवस्था गरिएको छ।

फाउण्डेशनका अनुसार एकेडेमीको निर्माणमा हालसम्म ५० करोड रुपैयाँ खर्च भइसकेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस