पोखरामा पर्यटक अपहरण गरी ४ करोड ४१ लाख फिरौती मागेको आरोपमा महिला पक्राउ

पोखरा।  पोखराको लेकसाइडबाट अमेरिकन महिलाको अपहरण गरी फिरौती मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका-४ की ३७ वर्षीया सरिता लामा रहेकी छन्। सरिताले ७० वर्षीया अमेरिकन नागरिकलाई अपहरण गरी मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९, नेवारपानीमा पुर्याएर तीन लाख युरो (नेपाली रुपैयाँ  ४ करोड ४१ लाख  बढी) फिरौती मागेकी थिइन्।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

प्रहरी निरीक्षक अविनाश दिप जिसीका अनुसार, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मकवानपुर जिल्ला प्रहरी कार्यालयको समन्वयमा अमेरिकन महिलालाई सकुशल उद्धार गरिएको छ।  मुक्तिनाथ मन्दिर दर्शन तथा भ्रमणका लागि नेपाल आएकी महिला पर्यटक अपहरणमा परेकी हुन ।

नेपालस्थित अमेरिकन दूतावासले अपहरणको घटना प्रहरीलाई जानकारी दिएपछि अनुसन्धान सुरु गरिएको थियो। त्यसपछि प्रहरीले छानबिन सुरु गर्दै आरोपितलाई  पक्राउ गर्न सफल भएको हो।

प्रहरी हिरासतमा रहेकी लामाविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाउने गरी बुधबार सात दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button