|तस्विर : सन्तोष पोखरेल
पोखरा । आजबाट विक्रम संवत् २०८२ सालको औपचारिक सुरुआत भएको छ। नयाँ वर्षको आगमनसँगै देशभरका नागरिकहरूले हर्षोल्लासका साथ आपसमा शुभकामना आदान–प्रदान गरी नयाँ वर्षको स्वागत गरेका छन्। विदेशमा रहेका नेपाली समुदायले पनि विविध कार्यक्रममार्फत नयाँ वर्ष मनाइरहेका छन्।
नयाँ वर्षको अवसरमा आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको छ।
पोखरामा नयाँ वर्षको अवसरमा होटल संघले फेवा नयाँ वर्ष महोत्सव गरिरहेको छ । राजधानी काठमाडौं लगायतका प्रमुख सहरहरूमा पनि बिभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ भने सामाजिक सञ्जालमार्फत पनि शुभकामना सन्देशको आदान–प्रदान भइरहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रदेश प्रमुख, मुख्यमन्त्री, स्थानीय तह प्रमुख तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षमा समस्त नेपालीमा शान्ति, समृद्धि र प्रगतिको कामना गरेका छन्।
नयाँ वर्षको पहिलो दिन शुभ कार्यको आरम्भ गर्ने चलन रहेको छ। आजका दिन स्नान गरी मन्दिर जाने, घर सफा गर्ने, मीठो भोजन बनाउने, आफन्त तथा मित्रजनसँग भेटघाट गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा छ। साथै, आजको दिनलाई लक्ष्य निर्धारण तथा सकारात्मक संकल्पको दिनको रूपमा लिइने चलन पनि रहेको छ।
नयाँ वर्षको पहिलो दिन राम्रोसँग सुरु भए वर्षभर सफलता मिल्ने जनविश्वासका साथ आम नेपालीहरू आजको दिनलाई विशेष उत्सवको रूपमा मनाइरहेका छन्।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution