पोखराबाट अन्तर्राष्ट्रिय उडान नियमीत गर्न पहल आवश्यक: मन्त्री बस्याल

पोखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्तर्राष्ट्रिय उडान नियमीत गर्न सबैको पहल आवश्यक रहेको बताएका छन् ।

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले आयोजना गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बस्यालले पोखराबाट अन्तर्राष्ट्रिय उडान संचालनका लागि व्यवसायीलाई सक्रिय भएर लाग्न आग्रह  समेत गरे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

चीन तर्फ सुरु भएका उडानलाई निरन्तरता दिँदै नजिकका छिमेकी देशहरूमा पनि उडानको पहिचान गरी अन्तर्राष्ट्रिय उडानमा संचालनका लागि सबै मिलेर पहल गर्नुपर्ने बस्यालले बताए । पर्यटनलाई कसरी माथि उठाउने भन्नेमा आफु चिन्तित रहेको उनको भनाई थियो । पर्यटन व्यवसायलाई माथि उठाउन व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए  ।

टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले स्थानीय निकायले विभिन्न शुल्क उठाउँदा पर्यटन क्षेत्रमा असर परेको बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा समेत गण्डकी सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकीका सचिव इन्द्रप्रसाद बस्याल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछाने, वडा प्रहरी कार्यालय बैदामका प्रमुख सन्तोष निरौला, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठी, पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेल, होटल संघ पोखराका अध्यक्ष लक्षण सुवेदी, टान गण्डकीका पूर्व अध्यक्ष धर्मराज पन्थी, महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) अध्यक्ष उमा भण्डारी, टान गण्डकीका सचिव गोपालकृष्ण सङ्ग्रौला लगायतले पर्यटन क्षेत्रको विकास बारेमा भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button