सवारीसाधनमा ईम्बोस्ड नम्बर प्लेट जडान नगर्न प्रालिको आग्रह

पोखरा । पृथ्बिराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले व्यवसायीहरूलाई सवारी साधनमा ईम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको छ ।

कम्पनीका अध्यक्ष योगेन्द्र केसीले मंगलबार सूचना जारी गर्दै प्रशासनले दबाब दिएपनि व्यवसायीहरूले यो प्रणाली स्वीकार नगर्न अनुरोध गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

“यदि प्रशासनले कुनै किसिमको दबाब दियो भने कम्पनी कडा प्रतिवादमा उत्रन तयार छ”, उनले भनेका छन् ।

केसीले कम्पनीसँग आवद्ध सबै व्यवसायी तथा महासंघमा आवद्ध व्यवसायीहरूलाई एकताबद्ध भएर यसको विरोधमा उभिन आह्वान समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button