
१९ भदौ। नेपालमा दर्ता (सूचीकरण) नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सरकारले गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकले तत्काल कार्यान्वयन गर्ने गरी यस्तो निर्णय लिएको हो।
मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा बसेको उक्त बैठकले सूचीकरण नगरेका प्लेटफर्महरुलाई बन्द गर्न प्राविधिक निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ।
यसअघि भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले एक साताभित्र सबै सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता प्रक्रिया पूरा गर्न भनिएको थियो।
सो अवधिभित्र प्रक्रिया पूरा नगरेका सञ्जाललाई अब बन्द गरिने स्पष्ट गरिएको छ।





