पोखरामा निषेधाज्ञा जारी

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको विभिन्न क्षेत्रमा असहज परिस्थिति सिर्जना भई शान्ति–सुरक्षामा समस्या हुन सक्ने देखिएको भन्दै निषेधाज्ञा जारी गरेको छ।

यस क्रममा पाँच जना भन्दा बढी भेला हुने, र्याली, जुलुस, प्रदर्शन लगायतका गतिविधि निषेध गरिएको छ।

निषेधाज्ञा क्षेत्र शहीदचोक आसपास राखिएको छ, जसमा पूर्वमा वाईचोक, पश्चिममा फिष्टेल गेट, उत्तरमा मालपोत कार्यालय र दक्षिणमा राष्ट्रबैंक चोकसम्मको क्षेत्र पर्दछ।

आदेश उल्लंघन गर्नेहरूमाथि कानूनी कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button