नेपाल र नेपालीको सुरक्षाका लागि राती १० बजेबाट नेपाली सेना तैनाथ हुने

पोखरा, भदौ २४ ।  हालको विषम परिस्थितिका कारण केही समूहहरूले नागरिक तथा सार्वजनिक सम्पत्तिमा क्षति पु–याउने, लुटपाट र आगजनी गर्ने गतिविधि बढेको भन्दै नेपाली सेनाले यस्ता गतिविधि नगर्न/नगराउन पुनः आह्वान गरेको छ।

सेनाले आज सार्वजनिक गरेको विज्ञप्तिमा यस्ता गतिविधि रोक्न सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई तैनाथ गरिने उल्लेख गरेको छ। नेपाली सेना र सुरक्षाकर्मीहरूले नेपालभित्रको शान्ति, सुरक्षा र स्थिरता कायम राख्न मिति २०८२ भदौ २४ गते राति १० बजेबाट निरन्तर प्रतिबद्ध रहने सेनाको भनाई छ ।

सुरक्षा निकायहरूको तैनाथीमा आम नागरिकको सहकार्य आवश्यक रहेको भन्दै सेनाले सबैलाई सहयोग गर्न अपिल गरेको छ।

विज्ञप्तिमा सुरक्षा अवस्थाको पुनर्मूल्यांकन गरी आवश्यकताअनुसार थप जानकारी सार्वजनिक गर्ने उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button