चाडपर्व लक्षित गर्दै पोखरासहित कास्कीमा ९२३ प्रहरी खटाइए

पोखरा। महान चाड बडादशैं नजिकिँदै गर्दा कास्की प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार नजिकिदै गरेका ठूला पर्व अवधिभर शान्ति–सुरक्षा सुनिश्चित गर्न ९ सय २३ जना प्रहरी तैनाथ गरिएको छ।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार भीडभाड बढ्ने समयलाई मध्यनजर गर्दै चोरी, डकैती, लुटपाट वा अन्य आपराधिक गतिविधि रोक्न कुकुरसहितको चेकजाँच सुरु गरिएको छ।  योजना अन्तर्गत टोलटोलमा पैदल गस्ती, ग्रामीण क्षेत्रमा गस्ती तथा नियमित पेट्रोलिङ पनि संचालन भइरहेको उनले बताए।

Hot Air Balloon Booking
Paragliding Pokhara

एसपी कार्कीका अनुसार एम्बुसिङ चेकप्वाइन्टमार्फत अपराधमा संलग्नलाई नियन्त्रण गर्ने कार्य भइरहेको छ। त्यस्तै, मदिरा सेवनपश्चात अशान्ति फैलाउने, मोटरसाइकलमा अनावश्यक ध्वनी प्रदूषण गर्ने, जुवा–तास खेल्ने जस्ता गतिविधि नियन्त्रणका लागि बजार क्षेत्रमा अनुगमन सुरु गरिएको छ। साथै, सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ।

सवारीसाधनमा बढी भाडा असुल गर्ने तथा सिट क्षमता भन्दा बढी यात्रु चढाउनेलाई कारबाही गर्ने र  यात्रु सहायताका काम भइरहेको एसपी कार्कीले बताए । दुर्घटना न्यूनिकरणका लागि विभिन्न स्थानमा सवारी साधनको चेकजाँच समेत बढाइएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button