कास्कीका प्रहरी कार्यालयमा आगजनी गर्ने र हतियार लुट्ने १० पक्राउ

पोखरा । कास्कीमा जेन-जी आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालयमा आगजनी, तोडफोड र हतियार लुटपाट गर्ने घटनामा संलग्न १० जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीबाट हतियार लुट्ने र जलाउने ४ जना, वडा प्रहरी कार्यालाय बगरमा हतियार जलाउने १ जना र नयाँपुलको प्रहरी चौकी जलाउने ५ जनालाई पक्राउ गरेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पक्राउ परेकालाई अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button