देउसी-भैलो खेलेर बैदाम प्रहरीका लागि मोटरसाइकल खरिद

पोखरा। तिहारको अवसरमा वडा प्रहरी कार्यालय बैदाम, कास्कीले लक्ष्मी पूजाको दिन देउसी–भैलो कार्यक्रम आयोजना गरेर  एक थान मोटरसाइकल खरिद गरेको छ ।

कास्की प्रहरीका अनुसार कार्यक्रममा संकलित रकमबाट कार्यालय प्रयोजनका लागि एक थान मोटरसाइकल खरिद गरिएको हो।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रममार्फत जम्मा २ लाख २१ हजार ५१४ रुपैयाँ संकलन भएको र कार्यालयले थप रकम गरी जम्मा २ लाख २४ हजार ९७० रुपैयाँमा एक थान मोटरसाइकल खरिद गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ।

खरिद गरिएको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, एसपी नवीन कार्कीले वडा प्रहरी कार्यालय बैदामका प्रमुख, डीएसपी नमराज भट्टराईलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button