
पोखरा । पोखरामा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको ज्यान गएको छ।
सोमबार बिहान पोखरा महानगरपालिका–८ स्थित सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पोखरा–२० भलाम निवासी ६५ वर्षीय धर्मबहादुर विक गम्भीर घाइते भएका थिए।
घाइते विकलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।





