
पोखरा । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी गनेस (खडगराज) पौडेललाई दिइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाहको नेतृत्वमा गठन हुन लागेको मन्त्रिपरिषद्मा पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका हुन्।
पौडेल कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्, पर्यटनको राजधानी घोषणा गरिएको कास्कीको पोखरा पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा परिचित छ।
बालेनले आज गठन गर्न लागेको मन्त्रिपरिषदमा मन्त्रीहरूको नाम टुंगो लगाएका छन् ।
अर्थ मन्त्रालयमा डा. स्वर्णिम वाग्ले, गृह मन्त्रालयमा सुधन गुरुङ, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल, ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ, उद्योग मन्त्रालयमा अमरेश कुमार सिंह, कानुन मन्त्रालयमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल निश्चित भएको बताइएको छ ।





