मालपोत कार्यालय कास्कीमा बिचौलियालाई प्रवेश निषेध

पोखरा।  मालपोत कार्यालय  कास्कीले  कार्यालयमा बिचौलियाको प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरू (बिचौलिया) लाई कार्यालय परिसरमा प्रवेश निषेध गरिएको जनाएको हो।

कार्यालयका अनुसार सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी तथा गुनासोरहित बनाउन आवश्यक कागजातका आधारमा मात्र प्रवेश दिई सेवा प्रदान गरिनेछ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट जारी परिपत्रअनुसार उक्त निर्णय लागू गरिएको कार्यालयले स्पष्ट पारेको छ।

बिचौलियालाई प्रवेश निषेध गर्ने निर्देशन कार्यान्वयन भए/नभएको अनुगमन गरिने चेतावनीसहित मन्त्रालयले देशभर मातहातका कार्यालयलाई पत्राचार गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button