पोखरामा सडकपेटीमा उभिरहेकी महिलाको हत्या

पोखरा । पोखरामा बुधबार साँझ एक महिलामाथि धारिलो हतियार प्रहार गरी हत्या भएको छ।

साँझ करिब ७ बजेतिर सभागृहचोक अगाडि सडकपेटीमा उभिरहेकी महिलामाथि एक युवकले पछाडिबाट आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। हतियार प्रहारपछि उनी गम्भीर घाइते भई ढलेकी थिइन्।

घटनापछि उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतक पोखरा–५ मालेपाटनकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री रहेको प्रहरीले जनाएको छ।

क्षेत्री सभागृहचोकबाट शिवालयचोकतर्फ जाने सडकखण्डको छेउमा उभिरहेकै अवस्थामा आक्रमणमा परेकी थिइन्।

प्रहरीका अनुसार आक्रमणमा संलग्न व्यक्ति मोटरसाइकलमा भागेको प्रारम्भिक जानकारी आएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले घटनामा संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button