
पोखरा । होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनालको मश्तिष्कघातबाट निधन भएको छ ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने हेतुले होटल संघले आयोजना गरेको “जाउँ है पोखरा” अभियानमा पाल्पा पुगेका खनालको उपचारको क्रममा निधन भएको हो।
अभियानको क्रममा पाल्पा पुग्दा आइतबार मश्तिष्कघात भएर ढलेपछि उनलाई पाल्पाको मिसन अस्पतालमा लगिएको थियो । तत्काल थप उपचारका लागि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स लगिएकोमा बुधबार उपचारकै क्रममा उनको मृत्यु भएको होटल संघले जनाएको छ ।
गोर्खा जिल्लाको आरुघाटका ४१ वर्षीय खनालका श्रीमती र एक छोरी रहेका छन् ।





