
पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् ।
कलेजको सभाकक्षमा सम्पन्न कार्यक्रममा दुईवटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए ।
विद्यार्थीहरुको समूहले फ्लाई दुवाईले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरेको, पोखरा पर्यटन परिषदले रोपाईं महोत्सव आयोजना गरेको र पोखरा उद्योग वाणिज्य संघले रोजगार मेला आयोजना गरेको विषयमा नमुना पत्रकार सम्मेलन प्रस्तुत गरेका थिए ।
त्यसै गरी पसल डट कमको सेवा विस्तार, साइमेक्स इनकर्पाेरेसनको विद्युतिय गाडी आयातको विवाद र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको प्रमुख कार्यकारी अधिकृत पक्राउको विषयवस्तुमा समेत विभिन्न भूमिकामा प्रस्तुत भई अभ्यास गरेका थिए ।
प्राचार्य लीना नेगी श्रेष्ठका अनुसार बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुले कार्यक्रम आयोजना गरेका हुन् ।





