पोखरामा ठूला एलईडी स्क्रिनमा विश्वकप फाइनल निःशुल्क हेर्न पाइने

पोखरा । विश्वकप फुटबलको फाइनल खेल पोखरामा निःशुल्क रूपमा सामूहिक रूपमा हेर्न सकिने भएको छ। पोखरा महानगरपालिकाले शहरका विभिन्न सार्वजनिक स्थानमा ठूला एलईडी स्क्रिनमा विश्वकपको फाइनल प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको हो।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार जुलाई २० मा हुने अर्जेन्टिना र स्पेनबीचको विश्वकप फाइनल पृथ्वीचोक, हल्लनचोकसहित पोखराका ११ स्थान मा ठूलो एलईडी स्क्रिनमार्फत प्रत्यक्ष देखाइनेछ।

खेल संस्कृतिको विकाससँगै सामाजिक सद्भाव र सामूहिक सहभागितालाई समेत प्रोत्साहन गर्दै फुटबलप्रेमीलाई खुला स्थानमा एकैसाथ बसेर विश्व फुटबलको सबैभन्दा ठूलो प्रतिस्पर्धाको रोमाञ्च अनुभव गर्ने अवसर उपलब्ध गराउने उद्देश्य महानगरको रहेको मेयर आचार्यले बताएका छन् ।

उनले सबै खेलप्रेमीलाई आफूलाई पायक पर्ने स्थानमा उपस्थित भई निःशुल्क रूपमा खेलको आनन्द लिन आग्रह गरेका छन्। खेल देखाइने ११ स्थानको विस्तृत विवरण  चाँडै सार्वजनिक हुने मेयर आचार्यले जनाएका  छन।

यसअघि पनि पोखरा महानगरपालिकाले विश्वकप फुटबलको फाइनल खेल परिचय एडभरटाईजिङ्ग र एस के साउण्ड संगको सहकार्यमा पृथ्वीचोकमा ठूलो एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको थियो, जहाँ ठूलो संख्यामा फुटबल समर्थकहरूको सहभागिता रहेको थियो। यस वर्ष पनि त्यस्तै उत्साहजनक वातावरण सिर्जना हुने अपेक्षा गरिएको मेयर आचार्यको  भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button