
पोखरा न्यूज । प्रहरीले कारागारबाट दुई दिन अघि फरार भएका एक कैदीलाई पक्राउ गरेको छ ।
कास्की कारागारबाट फरार भएका पोखरा -१८ का ३७ वर्षीय सन्तोष जलारीलाई प्रहरीले मंगलबार दिउसो पक्राउ गरेको हो ।
पृथ्वीचोकको न्यू झरना गेष्टहाउसमा लुकेर बसेको अवस्थामा प्रदेश प्रहरी कार्यालय पोखरा र कास्की प्रहरीको टोलीले दिउसो ३:५५ बजे पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता विरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो ।
ज्यान र डाका सम्बन्धी मुद्दामा जन्मकैद फैसला भई सजाय भुक्तान गरिरहेका जलारी कार्तिक १ गते दिउसो २ बजे कारागारबाटै फरार भएका थिए ।





