पोखरामा २९ वर्षिया महिला लागूऔषधसहित आफ्नै पसलबाट पक्राउ

पोखरा न्यूज । कास्की प्रहरीले लागूऔषध कारोबार गरेको आरोपमा एक फार्मेसी सञ्चालिकालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका -२६ कालिकाचोकमा रहेको जलधारे फार्मेसीकी सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार साँझ ७ बजे २९ वर्षीया अमिसा ढुङ्गानालाई आफ्नै पसलमा राखेको लागूऔषधसहित नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता, डिएसपी विरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो ।

डिएसपी पासवानका अनुसार अमिसाको साथबाट लागूऔषध कोडिन कोडिप–पी छ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद भएको छ ।

महिलालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button