पोखरा, २० साउन –
पोखराका अधिकांश किराना पसलहरुमा म्याद गुज्रीएका सामानहरु फेला परेका छन । विहिबार पोखरामा अनुगमन टोलीले विभिन्न किराना पसलहरुमा अनुगमन गर्दा अधिकांश पसलहरुमा म्याद गुज्रीएका सामानहरु भेटिएको अनुगमन टोलीका एक सदस्य आपुर्ति व्याबस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग बजार अनुगमन अधिकृत श्रीप्रसाद अधिकारीले बताए ।
म्याद गुज्रीएका सामानहरु खाद्य तथा अखाद्य दुवै प्रकृतिको सामानहरु एकै ठाँउमा अव्यबस्थित तरीकारले विक्रिको लागि पसलमा राखेको अबस्थामा भेटिएको अनुगमन टोलीका अर्को एक सदस्य उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले बताए ।म्याद गुज्रीएका खाद्य पदार्थले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्दछ। मुल्य सुचि सबैले देख्ने गरी राख्नु पर्नेमा पोखरा लगायता धेरै ठाँउका पसलमा मुल्य सुचि देख्न पाईदैन ।
विहिबार पोखरा बगरको मेरी बिन्ध्यवासिनी स्टोर्समा अनुगमन गर्दा मैदाको पिठो, कोदाको पिठो, दाम्ले मिठाइ लगायतका खाद्य बस्तुहरु म्याद गुज्रीएका सामानहरु विक्रिको लागि राखिएको भेटिएको हो । म्याद गुज्रिएका सामानहरु नष्ट गर्न पसल संचालकलाई टोलीले व्यावसाय दर्ताको काजपत्र लिई ३ दिन भित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा हाजिर हुन पत्र थमाएको मञ्चका अध्यक्ष कोईरालाले बताए ।
त्यसै गरी नदीपुरको त्रिमुर्ति ट्रेडर्सलाई अनुगमन टोलीले मुल्य सुचि देखिने गरी राख्न एक हप्ताको म्याद दिएको छ भने लेवल नभएको सामानहरु विक्रि नगर्न आग्रह गरेको छ । ग्याँसको अनुमति पत्र लियर विक्रि गर्न थप सुझाव दिदै टोलीले त्रिमुर्ति ट्रेडर्सलाइ खाद्य तथा अखाद्य पदार्थ छुट्टाछुट्टै रुपमा राखेर विक्रि गर्न निर्देशन दिएको छ भने नाप तौल मेसिन प्रमाणीकरण गरी जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रतिलिपि पेश गर्न आग्रह गरेको छ । नदीपुरको पल्लवी स्टोर्सलाई मुल्य सुचि राख्न, सरसफाई गर्न, ग्याँस विक्रिको अनुमतिपत्र लिन निर्देशन दिएको छ भने समानहरु सिल प्याक गरेर विक्रि गर्न आग्रह गरेको छ । पोखरा बगरको आर एण्ड सन्स र मालेपाटनको आदर्श स्टोर्सलाई मुल्य सुचि एक साता भित्र राख्न निर्देशन दिएको छ भने सरसफाईमा ध्यान दिन सुझाव दिएको छ ।
अनुगमन टोलीमा आपुर्ति व्याबस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग बजार अनुगमन अधिकृत श्रीप्रसाद अधिकारी, घरेलु तथा साना उद्योग कार्यालय पोखराका उद्योग अधिकृत विष्णु प्रसाद आचार्य, खाद्य निरिक्षक अनिता पौडेल, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईराला, जिल्ला प्रसासन कार्यालय कास्कीका प्रतिनिधि रामेश्वर कोईराला, प्रहरी सहायक निरिक्षक रमेश कार्की, पत्रकार दिननाथ बराल रहेका थिए ।