विपदका कारण अलपत्र परेकालाई पोखराका होटलमा खान र बस्न निःशुल्क

अन्य पर्यटकलाई २५ प्रतिशत छुट

पोखरा ।  होटल संघ पोखरा, नेपालले मनसुनजन्य विपद्का बीच पोखरा भ्रमणमा आएका पर्यटकलाई सहयोगस्वरूप २५ प्रतिशत छुट र विपद् प्रभावितलाई निःशुल्क बसोबास र खानाको प्रवन्ध गर्ने घोषणा गरेको छ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले विज्ञप्ति मार्फत  पोखरा आसपास घुम्न आई अलपत्र परेका वा विपद्‌का कारण खर्च नभएर बसेका  पर्यटकहरूलाई निःशुल्क खाना बस्न व्यवस्था  गरिएको बताएका छन् । उनले पोखरामा रहेका संघमा आवद्ध होटलहरूले पर्यटकलाई सहयोग र राहतका रुपमा छुटको व्यवस्था मिलाएको जनाएका छन्।

सुवेदीले विपद्‌का कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति समवेदना प्रकट गर्दै, घाइते र विपद् प्रभावितका लागि निःशुल्क उपचारका लागि सरकारी संयन्त्रको ध्यानाकर्षण गराएका छन्।

जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि असोज २० गतेसम्म नेपालका विभिन्न भागमा मनसुनी क्रियाकलाप सक्रिय हुने र तीव्र वर्षा हुने सम्भावना रहेको जनाएपछि होटल संघ पोखरा, नेपालले आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button