पोखरामा दीपशिखा दर्पण सार्वजनिक

पोखरा-

दीपशिखा साहित्य सङ्गमको पहिलो मुखपत्र दीपशिखा दर्पण सार्वजनिक भएको छ । पोखरामा आयोजित एक कार्यव्रmममा साहित्यकार राजन मुकारुङले मुखपत्रको विमोचन गर्नुभयो ।

सङ्गमका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यव्रmममा प्रमुख अतिथि मुकारुङले नयाँ पुस्ता डिजिटल युगमा प्रवेश गरेपछि सिर्जनात्मक मौलिकता हराउँदै गएको बताउनुभयो । अहिले सपनाविहीनहरुको जमात बढेको बताउँदै मुकारुङले सिर्जनात्मक सपना देखाउन सके मात्र समृद्ध भविष्य निर्माण हुन सक्ने बताउनुभयो । साहित्य उत्पीडितहरुको हितलाई केन्द्रमा राखेर लेखिनुपर्ने बताउँदै उहाँले दीपशिखा दर्पण हाम्रो साहित्यिक अवधारणा, चेतना र अवस्थानको प्रतिबिम्ब भएको बताउनुभयो ।
कृतिको समीक्षा गर्दै अखिल नेपाल लेखक सङ्घ, प्रदेश नं. ४ का संयोजक मदन भण्डारीले दीपशिखाले सबै खालका विचारलाई समेटेर उदाहरणीय कृति प्रकाशन गरेको बताउनुभयो । यस्तै अर्का समीक्षक नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका केन्द्रीय उपाध्यक्ष परशुराम कोइरालाले कृतिले साहित्यिक क्षेत्रमा नौलो आयाम थपेको विचार राख्नुभयो ।

संस्थाद्वारा स्थापित अक्षयकोषका दाताद्वय बुद्धकुमारी गुरुङ र डम्बर गुरुङलाई सम्मान गरिएको कार्यव्रmममा सल्लाहकार रुपिन्द्र प्रभावी, पञ्चामृत नाट्य समूहका अध्यक्ष परिवर्तन, साहित्यकार मन क्षेत्री, सम्मानित बुद्धिकुमारी गुरुङलगायतले बोल्नुभएको थियो । कार्यव्रmमको सञ्चालन अजय अनमोले गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button