समाज कल्याणका लागि युवा नेपालद्वारा शैक्षिक सामग्री वितरण

पोखरा –
रसुवा जिल्लाको राम्चे गा.वि.स. ग्राङ्गमा  भुकम्पबाट पूर्ण प्रभावित ग्राङ्ग प्रा.वि. लाई समाज कल्याणका लागि युवा नेपालले शैक्षिक सामग्री वितरण गरेको छ । सस्था कास्कीका  अध्यक्ष किसान सुनारको नेतृत्वमा गएको टोलीले यहि पौष १४ गते बिहिबार शैक्षिक सामग्री वितरण गरेको हो  ।

उक्त कार्यक्रममा १ थान ल्यापटप, १ थान प्रिन्टर, १ थान अफिस टेबल, १६ थान डेक्सबेन्च, २ थान राउण्ड कुर्चि र कापी, कलम गरी करिब २ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।  पैग डि प्रेटे अमेरिकाको पनि आर्थिक सहयोग कार्यक्रममा समाज कल्याणका लागि युवा नेपालका उपाध्यक्ष एवं कार्यक्रम व्यवस्थापक रवि बहादुर वि.क., का.का.स. मनोज रसाइली, समाजसेवी सरिता पुरी र मनोज भुसाल तथा स्थानिय अभिभावकहरुको सक्रिय सहभागिता रहेको थियो । शैक्षिक सामग्री ग्रहण गर्दै  विद्यालय प्राचार्य नारद काफ्लेले सस्थाले भूकम्प पश्चात निरन्तर विद्यालयको पुन निर्माणमा सहयोग गरिरहेको भन्दै सस्थाको सहयोगबाट विद्यालयका १६० विद्यार्थीहरुले प्रतक्ष्य लाभान्वित भएको  र आगामी दिनमा पनि निरन्तर सहयोग  रहने अपेक्षा व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विपतका बेला गरिएको उक्त  सहयोग अतुलनिय रहेको जानकारी दिए । कार्यक्रमका नेतृत्वकर्ता   किसान सुनार र कार्यक्रम संयोजक सरिता पुरीले सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगमा जुट्ने प्रतिवद्धता व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button