गजुरेलका नेतृत्वमा मोर्चा गठन गरिने

चितवन, २३ साउन –

नेकपा माओवादी (क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्यले ‘बाह्यशक्तिको आडमा बनेको सरकार’ले जनताको समस्या समाधान गर्न नसक्ने बताउनुभयो ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन गरेर अहिलेको समस्या समाधान हुन सक्दैन भन्दै संविधानमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी जिएमआरलाई दिएकामा सङ्घर्ष जारी राख्ने जनाउँदै त्यसलाई तामाकोसी स्वरुपमा काम हुनुपर्ने बताउनुभयो ।

उहाँले सिपी गजुरेलको नेतृत्वमा अब छिट्टै संयुक्त मोर्चा गठन गरी नयाँ जनवादी दिशामा जाने जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button