बलिप्रथा रोक्ने सर्वोच्चको निर्णयलाई सच्याउन महासङ्घको माग

काठमाडौँ, २२ साउन –

विश्व हिन्दु महासङ्घले यही साउन २० गते बलिप्रथा रोक्ने सर्वोच्च अदालतको निर्णय सच्याउन माग गरेको छ ।

आज एक विज्ञप्ति जारी गरी महासङ्घले सर्वोच्च अदालतले आस्थाको निर्णय गर्न नमिल्ने बताउँदै यो प्रथा मान्छौँ भन्नेलाई नमान भन्ने अधिकार कसैलाई नभएको उल्लेख गरेको छ ।

नेपालको गौरवपूर्ण सनातन परमपरा र धर्म संस्कृतिसँग जोडिएको आस्थाको विषयमा अदालतले गरेको यस निर्णय पुनर्विचार गरी खारेज गर्न आग्रह गरिएको महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीले बताउनुभयो ।

बलिप्रथा, मस्टो, दशैँमा गरिने मौलो पूजा, कोटमा दिइने भोगबली, गोरखनाथको खोरखकाली, मनकामना, दक्षिणकाली जस्ता हजारौँ हजार शक्तिपीठ केन्द्रहरुमा मात्र कुल पूजामा समेत बलि दिने सांस्कृतिक परम्परा रहेकाले यसलाई रोक्न नमिल्ने महासङ्घको भनाइ छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button