कास्की: १२ सय विपन्न परिवारलाई राहत वितरण

कास्की । लकडाउनका कारणले साँझ बिहान चुलो नबलेका दैनिक ज्यालादारी श्रमिक र विपन्न परिवारलाई कास्कीको  मादी र माछापुच्छ्रे गाउँपालिकाले राहत वितरण गरेका छन् ।

लकडाउनबाट घर बाहिर निस्कन नपाएपछि साँझ बिहान हातमुख जोर्न धौधौ परेका मजदुर, विपन्न, असाहाय तथा गरिब परिवारको लगत सङ्कलन गरी ती दुई पालिकाले एक हजार २ सय ७७ परिवारलाई सम्बन्धित वडामा राहत वितरण गरिएको जनाएका छन् ।

मादीले पहिलो चरणमा ६५ सय २ परिवारलाई राहत वितरण गरिएको जनाएको छ । राहतमा प्रतिपरिवार २५ केजीको एक बोरा चामल, दाल, चिनी र नुन एक केजीका दरले रु दुई हजार बराबरको खाद्यान्न वितरण गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए ।

यसैगरी पर्यटन व्यवसायी एवं राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य महेन्द्र गुरुङले रु एक लाख एक हजार ५ सय र इशानेश्वर हार्डवेयरले रु २० हजार सहयोग जम्मा गरेको गाउँपालिकाले जनाएको छ ।

माछापुच्छ्रेमा ६ सय २५ परिवार

माछापुच्छ्रे गाउँपालिकाले ६ सय २५ विपन्न परिवारलाई राहत वितरण शुरु गरेको छ । शुक्रबार र शनिबार अधिकांश वडामा राहत विरतण गरिएको र बाँकी वडामा आज वितरण गरिसकिने गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताए।

गाउँपालिकाले राहतका लागि तीनथरि प्याकेज बनाएको जनाएको छ । पाँच जना सदस्य रहेको परिवारलाई ३० केजीको एक बोरा चामल, दुई केजी दाल, एक लिटर टेल, एक पोका नुन, एक पोका बेसार तथा साबुनको ‘फुलप्याकेज’ वितरण गरिएको बताइन्छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button