कतारका राजाद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

तिलु शर्मा । विश्वव्यापी महामारी कोरोना भाइरस नियन्त्रणका लागि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा कतारले नेपाललाई आपत्कालीन स्वास्थ्य सामग्री सहयोग पठाउने भएको छ ।

कतारले नेपाल सँगै ट्युनिसिया, रुवान्डामा पनि आपत्कालीन स्वास्थ्य सामग्री पठाउने भएको कतार न्युज एजेन्सीले जनाएको छ l कतारले यस भन्दा पहिले इरान र इजरायलको गाजामा अन्तर्राष्ट्रिय सहयोग अभियानमा स्वास्थ्य सामग्री पठाई सकेको छ भने इटालीमा स्वास्थ्य सामाग्रीसहित दुई फिल्ड अस्पताल नै पठाएको थियो l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button