बसको ठक्करबाट महिलाको मृत्यु, चालक फरार

सुर्खेतमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

वीरेन्द्रनगर-१० बसपार्क नजिकै बा ४ ख ८०६१ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी ६० वर्षीया महिलाको मृत्यु भएको हो । सुर्खेतको बुलबुलेबाट बसपार्क आउँदै गरेको बसले बाटोमा हिड्दै गरेकी ती महिलालाई ठक्कर दिएको दियो ।

उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएपनि उपचारका क्रममा मृत्यु भएको थियो । मृतकको पहिचान खुलेको छैन । घटनामा संलग्न बस चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ सुर्खेत रुटमा चल्ने सोही बस करिब आठ महिना अघि पनि दुर्घटनाग्रस्त भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button