रोकिराखेको टिपरमा माइक्रोबस ठोकिँदा १६ घाइते

चितवनको भरतपुरमा रोकिराखेको टिपरको पछाडि माइक्रोबस ठोकिँदा १६ जना घाइते भएका छन् ।

आज अपरान्ह करिब ४:२० बजे नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सित्तलतालमा मुग्लिनतर्फ आउँदै गरेको बा ३ ख ५८९१ नम्बरको माइक्रोबस सडकमै रोकिराखेको ना ६ ख ४९९० नम्बरको टिपरसँग ठक्कर खाएको थियो । दुर्घटनामा माइक्रोबसमा रहेका १६ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे र बाँकी १४ जनाकाे अवस्था मध्यम रहेकाे छ । घाइतेहरुको चितवन मेडिकल कलेज(सिएमसी) र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ । घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button