कालीकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु

कालीकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै गरेको ग ३ च ४६१० नम्बरको बोलेरो जिप रास्कोटकै सेरा बसपार्क नजिकै करिब तीन सय मिटर तल खसेको हो ।

दुर्घटनामा रास्कोट-९ लहरेला घर भएका ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा थप एक जना गम्भीर घाइते भएका छन् ।

घटना बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । जीप ब्याक भएर भीरबाट खसेको स्थानीयले बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button