रुस-युक्रेन युद्धमा परि लमजुङका एक युवकको मृत्यु

पोखरा । रुस-युक्रेन युद्धमा परेर लमजुङका एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा लमजुङको दूधपोखरी गाउँपालिका वडा नं. १ घामरचोकका ३२ वर्षीय साजन गुरुङ रहेका छन् ।

उनको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको बताइन्छ ।

वडाध्यक्ष दुर्गामान गुरुङका अनुसार जर्मनीमा रहेका मृतकका भाइ कुमार गुरुङलाई उक्त खबर गुरुङसँगै रुसी सेनामा पुगेकाहरुले पठाएको वडाध्यक्षले बताए ।

साजनको मृत्युको खबर घर परिवारले थाहा पाएपछि पुस २९ गते क्रियाकर्मसमेत गरिसकेको बताइन्छ ।

जगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए ।

उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button