पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीमा विश्व रेडक्रस दिवस मे ८ का अवसरमा विविध कार्यक्रम सम्पन्न भएका छन् ।
कार्यक्रमअन्तर्गत विद्यालयमा शैक्षिक सत्र २०८१ मा नयाँ भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको थियो ।
यसैगरी तहगतरुपमा माता तीर्थ औंसी विशेष कार्यक्रम सम्पन्न भएका थिए भने सदन विभाजनसमेत गरिएका थिए ।
विद्यार्थीको भेलाले बुधबार नै रेडक्रस सर्कल पुनर्गठन गरेको छ । पुनर्गठित सर्कलको अध्यक्षमा सुदीक्षा पौडेल चयन भएकी छन् ।
सर्कलको उपाध्यक्षमा स्मृति विक, सचिवमा रीमिशा भण्डारी, सहसचिवमा सखी तामाङ, कोषाध्यक्ष अस्मिता गुरुङ छन् ।
यस्तै सदस्यमा रोहित सुनार, रोहित गुरुङ, समृद्धि ठकुरी, ज्याक्सिना क्षत्री, साइमन विक, प्रतीक परियार, अर्नव भण्डारी दीक्षा सापकोटा, जस्मिन शाह, युनिका पुरी र राजीव विक छन ।
विद्यालयका प्रिन्सिपल विकल पौडेल संरक्षक तथा शिक्षक रामभक्त खनाल शिक्षक नायक र लक्ष्मी घिमिरे, शिक्षक सहनायकमा चयन भएका छन् ।
कार्यक्रममा रेडक्रस मानवीय उद्धार र सहयोगको क्षेत्रमा अग्रणी संस्था भएकाले निःस्वार्थ भावनाले काम गर्न आग्रह गरे ।
कक्षा ११, १२ संयोजक विष्णुहरि पौडेलले रेडक्रसको स्थापनाको पृष्ठभूमि तथा सिद्धान्तका बारेमा जानकारी गराएका थिए ।
पौडेलले पुनर्गठित सर्कलका पदाधिकारीलाई शपथग्रहण गराएका थिए ।
कार्यक्रममा प्रिन्सिपल विकल पौडेल, विद्यालय इञ्चार्ज रामप्रसाद अधिकारी लगायतले शुभकामना दिएका थिए ।
कक्षा ८ की अर्माली पौडेलले रेडक्रसका वारेमा कविता वाचन गरेकी थिइन् ।
कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख विचित्र न्यौपानेले गरेका थिए । विद्यालयमा हाल छ सय ५० विद्यार्थी अध्ययनरत छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution