परिवार दलले दाहालको पक्षमा मतदान गर्ने

काठमाडौँ, १९ साउन –

नेपाल परिवार दलले नयाँ प्रधानमन्त्री निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्ने निर्णय गरेको छ ।

दलको आज बिहान बसेको केन्द्रीय कार्यसमितिको बैठकले राजनीतिक दलहरुबीचमा राष्ट्रिय सहमति कायम गर्न र नयाँ संविधान कार्यान्वयन गर्न उचित वातावरण तयार गर्न भन्दै दलले सो निर्णय गरेको दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिनुभयो ।

दलका अध्यक्ष ढकालको अध्यक्षतामा बसेको सो बैठकले नयाँ प्रधानमन्त्री पदमा एकजनाको मात्र उम्मेदवारी परेको भन्दै अध्यक्ष दाहाललाई नै मतदान गर्ने पनि निर्णय गरेको थियो ।

परिवार दलको तर्फबाट व्यवस्थापिका–संसद्मा अध्यक्ष ढकालसहित अर्का सांसद मिलनकुमारी राजवंशीको प्रतिनिधित्व रहेको छ ।

अध्यक्ष ढकाल प्रम केपी शर्मा ओलीको मन्त्रिमण्डलमा शान्तिमन्त्री समेत हुनुहुन्थ्यो ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रम पदको निर्वाचन हुँदैछ । सो निर्वाचनमा अध्यक्ष दाहालको मात्र उम्मेदवारी परेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button