महान्यायाधिवक्ता फुँयालद्वारा राजीनामा

काठमाडौँ, १९ साउन –

महान्यायाधिवक्ता तथा सरकारको कानुनी सल्लाहकार हरि फूँयालले आज महान्यायाधिवक्ता पदबाट राजीनामा दिनुभएको छ ।

महान्यायाधिवक्ता फूँयालले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएर आएको राससलाई जानकारी दिनुभयो ।

उहाँले बिहीबारदेखि लागू हुनेगरी राजीनामा दिनुभएको छ । महान्यायाधीवक्ता फुँयाल गत वैशाख ६ गते महान्यायाधिवक्तामा नियुक्त हुनुभएको थियो ।

सरकार परिर्वतन हुँदा कानुनी सल्लाहकार पनि परिर्वतन हुने प्रचलन अनुसार उहाँले आज राजीनामा दिनुभएको हो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button