दुईवटा टाउको भएको बच्चा जन्मियो

राजविराज, २३ साउन –

सप्तरीको हनुमाननगर स्वास्थ्य चौकीमा शनिबार साँझ दुईवटा टाउको भएको बच्चा जन्मिएको छ ।

सप्तरीको इनर्वा गाविस–९ घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–१० की २३ वर्षीया नुनुदेवी यादवको तेस्रो सन्तानका रुपमा अस्पतालमा दुईवटा टाउको भएको छोरा जन्मिएको हो ।

बालकको टाउकोको पछाडिपट्टि पनि टाउकोमा नाक, कान, मुख खासै विकसित नभए पनि आँखा भने दुईटै टाउकोमा पूर्ण विकसित भएको देखिएको अस्पतालका प्रमुख तारानन्द झाले जानकारी दिनुभयो ।

बच्चालाई हेर्न अस्पतालमा सयौँको भीड लागेको अस्पतालले जनाएको छ ।

यसअघि यादवको एक छोरा र एक छोरी रहेको परिवारजनले बताएका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button