|फाइल फोटो
ताप्लेजुङ –
श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको ठगी, असुरक्षालाई न्यूनीकरण गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा परेको बताउनुभएको छ ।
पछिल्लो समयमा वैदेशिक रोजगारको क्षेत्रमा बढ्दै गएको विचलनले विदेश जानु अघि र विदेशमा पुगेपछि ठगी, असुरक्षा जस्ता कुरा बढ्दै गएकाले यसको न्यूनीकरणका लागि आफू गम्भीर भएको उहाँले बताउनुभयो ।
गृह जिल्ला ताप्लेजुङ आइपुग्नुभएका गुरुङले आज पाथीभरा क्षेत्र विकास समितिको नवनिर्मित भवनको उद्घाटन गर्दै वैदेशिक रोजगारमा जानेको सङ्ख्या दिन प्रतिदिन वृद्धि हुँदै गए पनि विप्रेषण घटेको आँकडा आउनु दुःखद भएको बताउनुभयो । वैदेशिक रोजगारसँग जोडिएका मेनपावर व्यवसायमा भएको विकृतिलाई प्रमुख चुनौतीका रुपमा लिएको र यसलाई हटाउन कुनै कसुर बाँकी नराख्ने उहाँको भनाइ छ ।
यस्तै बाहिर ‘फ्रि भिसा फ्रि टिकट’को कुरा गरेर रु दश हजारको रसिद काट्ने र टेबलमुनिबाट लाखौँ रुपैयाँ ठगी गर्ने गरेको गुनासो बारम्बार आउने गरेको उहाँको भनाइ छ । “यसलाई समाप्त पार्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्छौँ,” मन्त्री गुरुङले भन्नुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution