कलाकार भेलुबाजेको निधन

पोखरा । हास्य कलाकार भेलुबाजेको निधन भएको छ । उनको वास्ताविक नाम भने मीनबहादुर बुढामगर हो ।

उनी केही दिनदेखि बिरामी परेको र उपचारका क्रममा जिल्ला अस्पताल प्युठानमा निधन भएको बताइएको छ ।

उनको घर पनि प्युठान नगरपालिका-५ जुम्रीकाँडा रहेको छ । उनकी धर्मपत्नीको यसअघि नै निधन भइसकेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button