पोखरामा रक भजन कन्सर्ट हुने

पोखरा –

पोखरामा रक भजन कन्र्सट हुने भएको छ । सत्यकृत फाउन्डेसनको प्रस्तुतीमा सत्यकृत समुहले कन्सर्ट गर्न लागेको पोखरामा कार्यक्रमका बारेमा जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष विजय गौतमले बताए ।

आँउदो शनिबार साँझ ५ बजे लेकसाईडको खुल्ला सडकमा हुने कार्यक्रममा रक, लोक रक, स्लो रक, फ्युजन तथा टिपिकल भजनहरु प्रस्तुत गरिने गौतमले जानकारी दिए । भजन प्रति युवा पुस्ताको आकर्षण बढाउनका लागि रक भजन कन्सर्ट गर्न लागिएको कार्यक्रमको स्थानिय ब्यवस्थापन गरिरहेका टिम फाइभ प्याराग्लाडिङ्गका बालकृष्ण बसेलले बताए । कार्यक्रमको स्थानिय आयोजकका रुपमा पोखरा पिज्जा हाउस, टि टाइम रेष्टुरेण्ट र टिम फाइभ प्याराग्लाइडिङ्ग रहेका छन् । निशुल्क प्रबेश राखिएको कार्यक्रमका लागि हुने खर्च हामी आफैले स्थानिय ब्यवस्थापन गरि उठाइरहका छौ आयोजक मध्यका पोखरा पिज्जा हाउसका सञ्चालक विजय गुरुङ्गले भने । पोखरामा भइरहेका इभेन्ट भन्दा अलि पृथक इभेन्ट भएकाले दर्शकको उल्लेख्य उपस्थिती रहने आयोजकको अपेक्षा रहेको छ ।

concert

सत्यकृत फाउन्डेसन अन्र्तगतको सांगीतिक समुह सत्यकृत ब्याण्डले यस अघि धरान, पाल्पा, काठमाण्डौ लगायतका ठाँउहरुमा कन्र्सट गरिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button