पोखराको विन्ध्यवासिनी मन्दिरमा करिब १ करोडको लागतमा लिफ्ट सेवा

फागुन २३ देखि औपचारिक रुपमा सेवा संचालन गर्ने तयारी

दीननाथ बराल

पोखरा न्यूज – २१, फागुन ।

के तपाइलाई शारीरिक रुपमा असक्त वा अपाङगता भएको कारणले गर्दा पोखराको पर्यटकीय एवं धार्मिक तिर्थस्थल विन्ध्यवासिनी मन्दिर जान कठिन भएको छ । यदि तपाइलाई यस्तो अप्ठेरो भएको छ भने अब  लिफ्टको माध्यमबाट तपाई सरर् मन्दिरमा दर्शन गर्न जान सक्नुहुनेछ ।

ज्येष्ठ नागरिक, असक्त, अपाङता भएका व्यक्तिहरुको लागि लक्षित हुने गरी विन्ध्यवासिनी मन्दिरमा लिफ्ट सेवा संचालन हुने भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष एवं लक्ष्मि ग्रुपका अध्यक्ष उद्योगपति गणेश बहादुर श्रेष्ठले बताए । ज्येष्ठ नागरिक, असक्क्त र अपाङगता भएका व्यक्ति सहित उनका सहयोगीहरुलाई समेत लिफ्ट सेवा उपलब्ध गराउने अन्यथा सामान्य व्यक्तिहरुको लागि के गर्ने भन्ने बिषयमा समितिले हाल कुनै निर्णय नगरेको अध्यक्ष श्रेष्ठले जनाए ।

निश्चित शुल्क लियर पनि समितिले अन्य व्यक्तिहरुको लागि लिफ्ट सेवा संचालन गर्न सकिने उनले जनाए । अध्यक्ष श्रेष्ठका अनुसार विगत ८ महिनामा उक्त लिफ्ट निमार्ण भएको हो । ६ सय ८० केजी तौल क्षमता रहेको लिफ्ट सेवा यही फागुन २३ गते देखि औपचारिक उद्घाटन गरी सेवा संचालन गर्ने तयारी गरिएको उनले जनाए ।

नेपालकै प्रतिष्ठित घराना लक्ष्मि ग्रुप  हुण्डाई कम्पनीले करिब एक करोडको लागतमा उक्त लिफ्ट सेवा संचालनमा ल्याएको हो । ६० फुट अग्लो उक्त लिफ्ट सेवाबाट पोखराका बिभिन्न भागको दृश्यावलोकन समेत गर्न सकिने भएको अध्यक्ष श्रेष्ठले जनाए । समितिले संस्कृत बिद्या पिठ स्थापना गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले जनाए । यस अघि समितिले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button