गण्डकी प्रदेशको कोरोना रोकथाम कोषमा सानिमा बैंकको १० लाख सहयोग

पोखरा । सानिमा बैंक लिमिटेडले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १० लाख प्रदान गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई शनिबार सो बैंकका गण्डकी प्रदेश प्रबन्धक भावुक तण्डुकारले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री गुरुङले कोभिड–१९ सँग जुध्नका लागि सरकारी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेकामा जोड दिँदै सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे।

सानिमाले सङ्घीय सरकारको कोरोना राहत कोषमा रु ५० लाख तथा देशका सात प्रदेश सरकारलाई रु १० लाखका दरले सहयोग गरेको बताइन्छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button