क्योकुशिन कान कराँते संघको अध्यक्षमा कुँवर

पाेखरा न्यूज । नेपाल क्योकुशिन कान कराँते संघकाे ११ औँ वार्षिक साधरण सभा तथा छैटौ अधिवेशनले  लक्षुमण कुँवरलाई संस्थाकाे अध्यक्षमा चयन गरेको छ ।

कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव प्रकाश बरालको संयोजकत्वमा बनेको निर्वाचन समितिले उपाध्यक्षमा सरद कार्की र जीवन गुरुङ चयन गरेको छ । संघकाे सचिवमा निर्मल केसी, कोषाध्यक्षमा सुजन आचार्य, सदस्यमा शिवराज आचार्य, सुष्मी श्रेष्ठ, टुकदेवी पुन, नविन मल्ल, सुमन प्रतेल, अर्जुन बराम चयन भएका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार, बेलबहादुर थापा, निर्वतमान उपाध्यक्ष सागर गिरी, अध्यक्ष लक्षुमण कुँवर लगायतले बाेल्नु भएकाे थियाे । हाल संघमा ५ वटा डोजो गरि ३ सय भन्दा बढी खेलाडि रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button