एबिबि इन्टरटेनमेन्टलाई राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान

पोखरा न्यूज । गएको शनिबार सम्पन्न राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ कार्यक्रममा पोखराको एबिबि इन्टरटेनमेन्ट प्रालिलाई सम्मानित गरिएको छ ।

एबिबि इन्टरटेनमेन्टका प्रतिनिधि विमल लामा र अनुप थापाले कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रथम उपराष्ट्र पति परमानन्द झाबाट सम्मान पत्र ग्रहण गर्नु भएको थियो ।

सोही कार्यक्रममा नेपालकी प्रथम नायिका भुवन चन्दले लामा र थापालाई दोसल्ला र पुष्पगुच्छाले सम्मान गर्नु भएको थियो ।

विगत लामो समयदेखि नेपाली कला संस्कृतिको क्षेत्रमा योगदान दिएको भन्दै आयाेजक संस्था रिबन इन्टरटेण्मेण्टले उहाँहरुलाई राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ बाट सम्मानित गरेको हाे ।

एबिबि इन्टरटेनमेन्ट प्रालि पोखराले म्युजिक भिडियो छोटा चलचित्र र वृत्तचित्र निर्माण तथा सांस्कृतिक कार्यक्रमको आयोजना मार्फत कला संस्कृतिका क्षेत्रको विकासमा योगदान गर्दै आएको छ ।

सो कार्यक्रममा नेपालको चलचित्र गीतसंगीत तथा संस्कृितको क्षेत्रमा रहेर योगदान गर्नु भएका कलाकारहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button