पाेखरामा काेराेना संक्रमणबाट ४८ वर्षीया महिलासहित थप ३ काे मृत्यु

पाेखरा न्यूज । काेराेना संक्रमणका कारण पाेखराका अस्पतालमा उपचारकाे क्रममा ४८ वर्षीया महिलासहित थप ३ जनाकाे मृत्यु भएकाे छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले दिएकाे जानकारी अनुसार मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचारकाे क्रममा लमजुङकाे काेल्हासाेथर ७ की ४८ वर्षीया महिलाकाे साेमबार मृत्यु भएकाे हाे । उहाँलाई कार्तिक २३ गते संक्रमण पुष्टि भएकाे थियाे ।

त्यसैगरी कास्कीकाे  पाेखरा २२ का ६३ वर्षीय पुरुषकाे साेमबार र  पाेखरा ३० की ७१ वर्षीया महिलाकाे आइतबार उपचारकाे क्रममा पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा मृत्यु भएकाे छ ।

थप ३ जनाकाे मृत्यु पश्चात प्रदेशमा संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १ हजार ४१२ पुगेकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button