
सिन्धुपाल्चोकमा ट्रकको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको छ ।
मङ्गलबार बा ४ ख ८७ नम्बरको मिनिट्रकले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ स्थित ग्याल्थुङमा ठक्कर दिँदा सनिस तामाङ नाम गरेका बालकको मृत्यु भएको हो । जुगल गाउँपालिका बरम्ची घर भएका ती बालक ठक्करबाट घाइते भएका थिए ।
घाइते तामाङलाई उपचारका लागि मेलम्ची नगर अस्पताल लगिएपनि उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।