हिमालयन लायन्सको आयोजनामा प्रजनन् स्वास्थ्य शिविर

पोखरा । लायन्स क्लव अफ पोखरा हिमालयनद्वारा आयोजित यौन तथा प्रजनन् स्वास्थ्य शिविर लमजुङमा सम्पन्न भएको छ ।

नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा भएको शिविरमा महिलाका पाठेघरको मुखको क्यान्सर जाँच, यौनजन्य संक्रमणको परीक्षण गरिएको थियो ।

लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ३ स्थित मंगला माविको प्राङ्गणमा आयोजित शिविरमा एक सय ३९ जना लाभान्वित भएका छन् ।

शिविरमना मध्यनेपाल नगरपालिका वडा नं ३ का वडाध्यक्ष केशव न्यौपानले जनतालाई केन्द्रमा राखेर गरिने सेवा उत्कृष्ट हुने बताए ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले संघ सरकार, समुदाय र संघसंस्थासँग हातेमालो गर्दै अघि बढ्न चाहेको उल्लेख गरे ।

त्यस अवसरमा डिष्ट्रिक्ट ३२५ एल का कोचिफ एड्भाइजर तीर्थलाल श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बसौला, सहायक प्रधानाध्यापक श्रीधर घिमिरे लगायतले बोलेका थिए ।

कार्यक्रममा लायन्स क्लवले निर्माण गरेको विद्यार्थी संक्षिप्त अभिलेख कक्ष विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

क्लवका पूर्वअध्यक्ष हरि श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई कार्पेट सहयोग गरे ।

क्लवका अध्यक्ष नवीन नापितको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक अशोक गुरुङले स्वागत र प्रथम उपाध्यक्ष विष्णुमाया कायस्थले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button