बढ्यो सुनचाँदीको मूल्य

पोखरा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज ४ सय रुपैयाँ बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८ सय ५० रुपैयाँ छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढे र तोलामा १ सय ४ सय १५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button