अर्जुनलाई प्रश्न : उपमहासचिव र तपाईँ घेराबन्दीमा परेको हो ?

-पोखरा उद्योग वाणिज्य संघका ३५औँ महाधिवेशनको मिति नजिकिएसँगै नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल नेतृत्वको प्यानल घरदैलो अभियानमा छन् । पोखरा उद्योग वाणिज्य संघको ३४औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासीसमेत रहेका पोखरेल वर्तमान कार्यसमितिका केही पदाधिकारी र सदस्यसहित महाधिवेशनको तयारीमा छन् । यसैबीच प्रस्तुत छ, ३५ औं महाधिवेशनको अध्यक्ष पदका उम्मेद्वार अर्जुन पोखरेलसँग चुनावसँगै समसामयिक विषयमा गरिएको कुराकानी :

पोखरा उद्योग वाणिज्य संघको ३५औं महाधिवेशनमा नेतृत्वका लागि अध्यक्षको उम्मेद्वार हुनुहुन्छ, तपाईको प्यानलमा रहेका पाँच जना पदाधिकारी निर्विरोध हुँदा उपमहासचिव र तपाई घेराबन्दीमा परेको होकी, वातावरण सहज बन्दै गएको हो ?

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

वातावरण सहज बन्दै गएको हो, नेतृत्वको पहिलो कार्यकुशलता भनेको आफ्ना टिममा रहेका साथीलाई सेफ ल्याण्डिङ गराउने पनि हो । पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा होमिइरहँदा यो अलि ठूलो र गर्विलो संस्था हाे । त्यहाँ धेरै चाहीँ कम्पोनेनहरुलाई हेर्नुपर्ने हुन्छ, त्यो गर्दा एउटा टिमको आवश्यकता पर्दछ । विगतमा पनि टिम नै बनेर निर्वाचनमा हामी होमिएका थियौंँ। लामो समय पनि पोखरा उद्योग वाणिज्य संघमा विभिन्न पदमा रहेर काम गरेको र निर्वाचनमा होमिएको हुनाले टिम चाँही आवश्यक पर्छ र टिमका साथीलाई सेफ ल्याण्डिङ गराएर आफू बलियो हुनुपर्छ भन्ने मेरो मान्यता हो । आफ्नो टिममा भएका साथीलाई अरु प्रतिस्पर्धीले निर्विरोध त बनाउँदैनन् । त्यो चाहिँ ग्लोबली इलिक्सनमा त्यस्तो हुँदैन ।

तपाईसँगै अध्यक्ष पदमा गोकर्ण कार्कीको पनि उम्मेदवारी परेको छ, उहाँको टिममा रहेका साथीलाई घेराबन्दीमा पारेर आफ्नो टिममा ल्याउनु भयो नि, तपाईको टिममा आएपछि काउन्टर इस्टाट्रिजी भए जस्तो लाग्दैन ?

म ३४औं महाधिवेशनमा प्रतिस्पर्धा गर्ने मेरो बाध्यता थियो । त्यो बेला म एक्लै चुनाव लडे यो हिसाबले मसँग टिम त थियो तर त्यो बेला कमजोर थियो । त्यसैले म पराजित भए, त्यो बेलामा मेरो चुनाव लड्नुपर्ने परिस्थिति थियो । अब यहाँ के भास्य बनाइएको छ भने, उहाँको टिममा हुनुहुन्छ भन्ने जुन खालका कुरा साथीहरुले कुरा गर्नुभएको छ । त्यो रियालिटीमा होइन, चुनावमा (इस्टाट्रिजी) रणनीति हुन्छ । २ वर्ष अगाडि ति साथीहरु जुन अहिले मेरो पदाधिकारी कार्यसमितिका साथी थिए सबै मसँग काम गरेका थिए । २ वर्ष मात्र म बाहिरिएको हुँ ।

त्यो भन्दा अगाडि मेरो इतिहास हेर्नुभयो भने, मेरो प्रतिस्पर्धी बन्नुभएको प्राय एक्लै एक्लै चुनाव लडेर आउनु भएको हो । त्यसैले गर्दा के हो भने, पहिरो उथलपुथल भन्ने कुरा केही पनि छैन । नेतृत्व भनेको सबैलाई समन्वय गर्ने हो, मेरो एउटा एजेण्डा छ, समन्वय गर्ने, प्राइभेट सेक्टरको एड्भोकेसी गर्ने भन्ने नै छ । त्यसैले गर्दा चुनावमा कमजोर बनाउन शंकाहरु फाल्ने हो, मैले स्पष्ट रुपमा भन्नुपर्छ २ वर्ष अगाडि बाहिरी सकेका थिए तर मैले संस्थाको हितको लागि राम्रै काम गरेको छु ।

संघको इतिहास हेर्ने हो भने अध्यक्षमा पराजित जो कोही पलायन भएको देख्छौँ, तपाई चाँहि के कति कारण वा परिस्थितिले आउने वातावरण बन्यो ?

मैले पनि संघमा यत्रो वर्ष काम गरे यहाँको नेतृत्वमा पुगेन भने मेरो दुःख त्यो एफोर्ड, एफेसेन्सी सबै खेर जाने भयो । बाहिरिसकेपछि कार्यक्रमहरुमा सबैसँग समन्वय गर्न गाह्रो हुन्छ । म साधारण सदस्यमा भए । निवर्तमान उपाध्यक्ष भएको कारण उपस्थित हुने बाहेक अरु भूमिका रहने भएन, तर जुन पदाधिकारी भएका साथीहरु छन् सबै २ वर्ष अगाडि मसँगै भएका साथीहरु हुन् । उहाँहरुसँग मेरो सम्बन्ध थियो कुराहरु गरिराखेको थिए, बिचमा उहाँको उता पनि एटेचमेन्ट भयो जोसँगै काम गर्नु भएको छ उता पनि जोडिनुभयो । त्यहाँ पनि एक खालको समिकरण बन्न सक्ने सम्भावना रहन्छ, एक चोटि टिम कमजोर भएर हारिसकेको मान्छेले फेरी पनि त्यो खालको नियती भोग्ने पक्षमा थिइन । त्यसैले गर्दा ति साथीहरुलाई आउँदिन भन्ने होइन । मैले सुक्ष्म रुपमा हेरी राखेको थिए । साथीहरुसँग कुरा गरिराखेको थिए । उही दिन सेकेण्डमा यो टिम बनेको होइन ।

बिस्तारै सबैसँग कुराहरु गर्दै जसले पनि संस्थापन भन्ने चलन छ, उहाँहरु मिलेर गएको भए मेरो नियति त २ वर्ष बाहिर भएको मान्छे को त्यही हुन्थ्यो, एकचोटी घाइते भइसकेपछि विना तयारी हामी जतिको युवा त्यसरी चाँहि अगाडि बढिदैन भन्ने हो, यी साथी मसँग थिए । दुई वर्ष अगाडि र १० वर्षदेखि सँगै हुनुहुन्छ । मैले कसैको चोरेको ल्याएको पनि होइन । ३४ औं महाधिवेशनमा पनि व्यवसायी उद्योगीहरुले मलाई राम्रो मत दिनुभएको थियो । संघले पोखरामा केही गरिदिए हुन्थ्यो भन्ने छ त्यसैले पोखराका व्यवसायीले विवेक प्रयोग गरेर नै मतदान गर्नुहुन्छ भन्ने लागेको छ ।

पोखराको शैक्षिकदेखि पूर्वाधार विकासमा संघको योगदान महत्वपूर्ण छ, पछिल्लो समय अन्य संस्थाहरु चलायनमान हुन सकेको छैन, यसो हेर्दा संघको अध्यक्ष भन्ने जुन थियो पछिल्लो समय त्यो छैन यस्तो अवस्थामा तपाईलाई संघको अध्यक्षको मोह नै किन ?

संघको जुन छवि छ त्यो छवि मैले फिर्ता लिन छ । हामीले भुइँ टाइपको एजेण्डा लिएका छौं । पोखरा अन्तर्राष्ट्रिय शहर भइसक्यो । तथापि हामीले गर्नुपर्ने समन्वय हो । संघ संस्था छन् खुल्छन् । संघ व्यवसायसँगसँगै सामाजिक काममा महत्वपूर्ण भूमिका भएको संस्था हो । हरेक चिजको अध्ययनसँगै आफैले हेर्ने मौका पनि पाए । पोखराको विकासको कुरा हेर्दा एयरपोर्टदेखि लिएर विश्वविद्यालय बनाउन हामीले समन्वय गर्ने, निर्णायक कतै पनि होइनौ, छलफलको केन्द्रबिन्दु चाँहि संघ रहेछ । यहाँ छलफल भएर निस्केपछि बल्ल बाहिर जाने रहेछ । चाहे त्यो पिएन क्याम्पस, फेवाताल होस् सबै पक्षमा यस संस्थाको योगदान छ, त्यसैले नै यस संस्थाको गरिमा रहेको हो ।

संघको छविलाई कसरी माथि उठाउनुहुन्छ ?

सबैसँग समन्वय गर्दै लिडरसीपको क्षमता म राख्छु । मेरो टिमको चाँही साथीहरु हुनुहुन्छ, अरु साथीहरु पनि हुनुहुन्छ सबैको सल्लाह सुझाव लिनुपर्छ र बीचमा उद्योग वाणिज्य संघमा साथीहरुको ग्याप भयो भन्ने कुरा छ, बीचमा चार पाँच वटा व्यवसायिक रुपमा रहेका पर्यटन, कृषि, सबै क्षेत्रलाई समेटेर सेकेण्ड लेयरको कमिटी बनाएर अगाडि बढियो भने, सबैलाई समेट्न सकिन्छ उहाँहरुले हामीलाई गाइड गरेजस्तो पनि हुन्छ समन्वय पनि भएर जान्छ ।

बजारमा सटर बन्द हुँदैछन्, व्यवसायीको प्रश्न छ, संघमा बसेर तपाईँ उहाँहरुको पक्षमा के गर्नुहुन्छ ?

एप्रोचसहितको एड्भोकेसी गर्ने हो, हामी निर्णायक होइनौं । जति पनि गर्न पर्ने होलान तीन तहका सरकार छन् । करदेखि लिएर प्रशासनसम्मका कुराहरु होलान् । तिनीहरुसँग एप्रोचसहितको एड्भोकेसी गर्ने हो । सुरुवात हामी गर्ने हो । म उद्योग वाणिज्य संघमा लामो समय बसे । अठ्यारो पर्दा हामीले के गथ्यौ भने त्यहाँ, महासंघले कहिले बोल्ला भनेर पर्खेर बस्ने, मैले के भन्थे भने, महासचिव भैसकेको मान्छे, त्यस्तो होइन सुरुवात हामीले गर्नुपर्छ । सरकारको प्रतिपक्ष नीजि क्षेत्रपनि हो । सरकारको आलोचना त नीजि क्षेत्रले पनि गर्नुपर्छ । हामीले सुझाव त दिनुपर्यो, त्यो सुझावलाई तीन तहका सरकारले आलोचनाको रुपमा ग्रहण गर्ने कि नगर्ने, हामीले आवाज एकदमै बुलन्द गर्छौँ ।
व्यवसायीका समस्याहरुलाई समाधानतर्फ लैजान्छौं, केही कामहरु म महासचिव हुँदा पनि गरेका छौं, संस्थाको इथिक्समा रहेर काम गरिरहेका छौं । पोखरा उद्योग वाणिज्य संघमा पूर्व अध्यक्षहरुको पनि चिन्ता छ । संस्था चलायन हुन सकेन, गलत भाष्य निर्माण हुँदै गयो भनेर चिन्तामा हुनुहुन्छ । त्यो चिन्तालाई आशामा बदल्न हामी टिमसहित आएका छौं काम गरेर देखाउँछौँ ।

कुरा गरिरहँदा तपाईले पूर्व अध्यक्षहरुको आशिर्वाद मलाई छ भन्ने आशय राख्नुभयो, तपाईलाई नै पूर्वअध्यक्षकाे समर्थन छ त ?

मलाई पूर्वअध्यक्षहरुको आशिर्वाद होइन चिन्ता छ । चुनावमा प्रतिस्पर्धा गरिरहँदा शंका उपशंका उब्जा गर्ने कुरा रहन्छ । म बाहिरिसकेको मान्छे आएको हुनाले बिना तयारी आएको छैन । व्यवसायीको विना आग्रह टिममा भएका साथीहरुको विना सपोर्ट र अग्रजको विना सद्भाव आएको छैन भन्ने त आम व्यवसायीहरुले बुझ्नुभएको छ ।

तपाईहरुको प्रतिवद्धता हेर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पहलकदमी गर्छाैँ भन्नुभएको छ, सरकारले सकेको छैन, तपाईँहरुले कसरी सक्नुहुन्छ ?

अन्तर्राष्ट्रिय विमानस्थल कसलाई चाहिएको हो, हामी प्राइभेट सेक्टरलाई चाँहिएको हो । राजनीतिक दलहरुले एड्भोकेसी गरेर हुँदैन, प्राइभेट सेक्टरले चाह्यो भने सरकारको पनि घुँडा टेकाउन सक्ने हैसियत राख्नुपर्छ । सबै व्यवसायी मिलेर अगाडि बढ्न सके विमानस्थल चलाउन सकिन्छ । सबै छाता संगठनलाई एकजुट बनाएर अगाडि बढ्न सके मात्र विमानस्थल सञ्चालन गर्न सकिन्छ ।

संघमा छिमेकी र पूर्वअध्यक्ष र राजनीतिक दलको पनि गन्ध आयो भन्ने व्यवसायीको प्रश्न छ नि ?

म कास्कीको मट्टिखानमा जन्मेर सानो व्यवसायबाट नै यहाँसम्म आएको हो । कसै कतैबाट परिचालित भएको छैन । चुनाव भएकाले बाहिरी गन्ध आउनु स्वभाविक हो । रे को पछाडि नलागौँ, यसले पोखरालाई कमजोर बनाउँछ । यसले पोखरालाई अझ पछाडि धकेल्छ । जति पनि प्रश्न जिज्ञासा आएका छन् सम्पूर्ण पोखरेलीहरुलाई एकजुट बनाएर त्यसलाई चिर्न सक्नुपर्छ ।

अन्तमा संघमा सबैलाई गोलबन्द गराउन सके पोखराको विकासमा थप इटा थप्न सकिन्छ । मेला महोत्सवलाई परिवर्तन गर्नुपर्छ, सबै क्षेत्रका व्यवसायीलाई एकजुट गराएर अगाडि बढ्नु आजको आवश्यकता हो । यही भदौ २८ र २९ गते संघको ३५औँ महाधिवेशनमा अर्जुन पोखरेल प्यानललाई भोट गरी विजयी गराइदिनुहुन् पनि अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button